बुवाको पुण्य तिथीमा वृद्धश्रममा भोजन

322
आश्रमका वृद्धवृद्धालाई भोजन गराउँदै सापकोटा दम्पति । (तस्बिर : उज्यालो अभियान)

जुटपानी – दिवंगत बुवाको पुण्य तिथीमा सर्लाही लालबन्दीका एक परिवारले सोमवार बिहान पद्म भुवनेश्वरी नमूना वृद्ध सेवाश्रम जुटपानीमा भोजन गराएको छ ।

लालबन्दी नगरपालिका–७, का बैकुण्ठ सापकोटा र उनकी पत्नी निलम सापकोटाले दिवंगत बुवा दिल्लीप्रसाद सापकोटाको पुण्य तिथीमा आश्रममा आश्रीत वृद्धवृद्धालाई भोजन गराएका हुन् । सापकोटा दम्पति लालबन्दीस्थित नमस्ते होटल एण्ड गेष्ट हाउसका सञ्चालक हुन् । उनीहरुले वुवाको पुण्य तिथीमा जुटपानी आश्रमका वृद्धबृद्धालाई वर्सेनी भोजन गराउँदै आएका छन् । सोमवार बिहान आश्रममै पुगेर वृद्धवृद्धालाई भोजन गराएकोमा सापकोटा दम्पत्तिलाई आश्रमका संरक्षक बासुदेव शरण कोइराला, अध्यक्ष भवानी कोइराला र अन्य वृद्धबृद्धाले धन्यवाद ज्ञापन गरे ।