विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

450
विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेपछि सामूहिक तस्बिर खिचाइँदै । (तस्बिर : उज्यालो अभियान)

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–३, सिस्वामा रहेको प्राथमिक विद्यालयका विद्यार्थीलाई शनिवार शैक्षिक सामाग्री वितरण गरिएको छ ।

स्वर्णिका श्रेष्ठ स्मृति प्रतिष्ठान र जनज्योति भूतपुर्व विद्यार्थी समाज लालबन्दीको सहयोगमा विद्यालयमा अध्ययरत सम्पूर्ण विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । लालबन्दी नगरपालिका–३, का वडाध्यक्ष रामनारायण चौधरीको प्रमुख आतिथ्यतामा विद्यार्थीलाई विद्यालय झोला र कापी कलम प्रदान गरिएको जनज्योति भूतपुर्व विद्यार्थी समाजका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । जनज्योति भूतपुर्व विद्यार्थी समाजमा आवद्ध युवाहरुले अति विपन्न परिवारका बालबालिका अध्ययरत गर्ने विद्यालयका विद्यार्थीलाई विद्यालयमै पुगेर शैक्षिक सामाग्री वितरण गरेका हुन् ।