नेपाल शिक्षक संघ कविलासीको दोस्रो प्रतिनिधि सभा सम्पन्न

282


पुस २७ गते । सर्लाहीको कविलासीमा नेपाल शिक्षक संघ नगर कार्य समितिको दोस्रो प्रतिनिधि सभा सम्पन्न भएको छ । रामप्रताप राय अध्यक्ष रहने गरी संघको नयाँ नगर कार्य समिति चयन गर्दै सभा सम्पन्न गरिएको हो । समितिमा चाँदनी कुमारी मण्डल महिला उपाध्यक्ष, रामप्रवोद राय अर्थ–सचिव र अम्बिका ठाकुर महिला अर्थ–सचिवमा चयन हुनु भएको छ । नेपाली काँगे्रस सर्लाहीका पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण रायको प्रमुख आतिथ्यतामा आयोजित सभामा पूर्व राज्यमन्त्री शम्भुलाल श्रेष्ठ, पूर्व सांसद रामचन्द्र चौधरी, काँगे्रसका क्षेत्रीय सभापति द्वोय दिनेश मिश्रा र सेख सहदुल्ला, जिल्ला सचिव नवीन अधिकारी, नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य बद्रीनारायण मिश्र, शिक्षक संघको प्रदेश २ का उपाध्यक्ष भाग्यनारायण मिश्र, संघका कार्यवाहक जिल्ला अध्यक्ष यमनाथ उपे्रती लगायतको आतिथ्यता रहेको थियो । विद्या जगत प्राथमिक विद्यालय पिपरियाको प्रागंणमा आयोजित सभामा नेपाल शिक्षक संघका पूर्व जिल्ला अध्यक्ष कौशलकिशोर राय र पूर्व नगर अध्यक्ष कौशल ठाकुरलाई कदर पत्र प्रदान गरी सम्मान गरिएको छ ।