होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीको अध्यक्षमा पुनः हीराकाजी योञ्जन

998

नयाँ नेतृत्व चयन गर्दै होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीको शनिवार चौंथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

हरिवनस्थित सम्राट होटल एण्ड पार्टी प्यालेसमा सम्पन्न साधारण सभाले पुनः हीराकाजी योञ्जनकै अध्यक्षतामा संघको १८ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गरेको हो । नवगठित कार्य समितिको वरिष्ठ उपाध्यक्षमा विनोद मैनाली, प्रथम उपाध्यक्षमा नहकुल भण्डारी, द्धितिय उपाध्यक्षमा पूर्णप्रसाद चौलागाईं, महासचिवमा राजेशकुमार शर्मा, सचिवमा मनोज दास, कोषाध्यक्षमा मनोज साह, सह–कोषाध्यक्षमा बलराम मानन्धर लगायत अन्य सदस्य रहेका छन् ।

नेपाल होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश २ का संरक्षक सल्लाहकार युवराज लामाको प्रमुख आतिथ्यतामा आयोजित सभामा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य बद्री न्यौपाने, नेकपाका जिल्ला अध्यक्ष रेवती पन्त, हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाई, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, सशस्त्र प्रहरीका प्रमुख (एसपी) विनोदराज श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

सभामा जिल्लाभरका होटल तथा पर्यटन व्यवसायी सहभागी भएका थिए ।