सर्लाहीको जिल्ला समन्वय अधिकारीमा सुबेदी

590
जिल्ला समन्वय अधिकारीको जिम्मेवारी पाएका मलंगवा नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत होमनाथ सुबेदी । (तस्बिर सौजन्य : मेथुर चौधरीको फेसबुक वाल)

मलंगवा – जिल्ला समन्वय समितिको कार्यालय मलंगवा प्रमुखको रुपमा मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले जिम्मेवारी पाएका छन् ।

यसअघि कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार महतोले सो जिम्मेवारी सम्हाल्दै आएका थिए । महतोको दोलखाको सैलुंग गाउँपालिकामा सरुवा भएपछि जिल्ला समन्वय समितिको कार्यालय प्रमुख समन्वय अधिकारीको पद खाली थियो । पटक पटक ज्यान मार्ने धम्की आएपछि महतोको आफ्नै चाहनामा दोलखा सरुवा भएको हो ।

जिल्ला समन्वय समितिका संयोजक मेथुर चौधरीका अनुसार शुक्रबारबाट सुबेदीले समन्वय अधिकारीको जिम्मेवारी पाएका हुन् । सुबेदीले केही बर्षयता मलंगवा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिरहेका छन् ।