प्याब्सनको साधारण सभा सम्पन्न

403
पानसमा बत्ती बालेर प्याब्सनको साधारण सभा उद्घाटन गर्दै मेयर प्रसाईं तथा उपस्थित अतिथिहरु । (तस्बिर : उज्यालो अभियान)

हरिवन – निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) सर्लाहीको नवौं साधारण सभा शुक्रबार साँझ सम्पन्न भएको छ ।

पूूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिका–९, सुखेपोखरी स्थित प्याब्सनको सचिवालय भवनमा साधारण सभा सम्पन्न भएको हो । प्याब्सन सर्लाहीका अध्यक्ष सूर्यकान्त यादवको अध्यक्षता रहेको साधारण सभा उद्घाटन समारोहमा हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको विशिष्ट अतिथिमा पूर्व सांसद् एवं नेपाली कांग्रेसका नेता जंगिलाल राय, प्याब्सनका केन्द्रीय उपाध्यक्ष गोपाल कार्की, केन्द्रीय सचिव मदन आचार्य, केन्द्रीय सदस्य गोपाल पंजियार, केन्द्रीय सदस्य सागर गिरी, वडा अध्यक्ष शम्भु मैनाली, सशस्त्र प्रहरी बल हरिवनका सशस्त्र प्रहरी नायब उपरीक्षक सुशिल पराजुली, ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक सुवास भट्टराई, धरहरा बेसक्याम्पका सशस्त्र प्रहरी निरीक्षक बाबुराम पौडेल लगायत रहेका थिए ।

प्याब्सन सर्लाहीका सचिव नवराज सुवेदीको सञ्चालन रहेको उद्घाटन समारोहमा जिल्ला सल्लाहकार मनोज थापाले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए । उद्घाटन समारोह सम्पन्न भए पश्चात दिउँसो भएको बन्दशत्रमा प्याब्सनको वार्षिक कार्यक्रम बारे छलफल भएको थियो । साधारण सभामा जिल्लाभरका निजी तथा आवासीय विद्यालयका सञ्चालकहरुको उपस्थिती रहेको प्याब्सनका हरिवन अध्यक्ष वेदनिधी उप्रेती (सन्तोष)ले जानकारी दिए ।