‘मिटरब्याजी’ यादवको पक्षमा राजपाको विरोध प्रदर्शन

477
राजपा सर्लाहीले विहिबार दिउँसो सदरमुकाम मलंगवामा निकालेको विरोध र्याली ।

मलंगवा – राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सर्लाहीले विहिबार दिउँसो सदरमुकाम मलंगवामा विरोध प्रदर्शन सहित प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीलाई ज्ञापन पत्र बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा रहेका पार्टीका केन्द्रीय सदस्य रामबाबु राय यादवलाई तत्काल रिहाई गर्न माग गर्दै राजपा नेपाल सर्लाहीले सदरमुकाम मलंगवामा विरोध प्रदर्शन एवं प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो । राजपा नेपाल सर्लाहीका संयोजक सुशिल राय यादव नेतृत्वको टोलीले विरोध प्रदर्शन एवं प्रजिअ जिसीलाई ज्ञापन पत्र बुझाएको थियो । पक्राउ परेका नेता यादव निर्दोष रहेको र बीना पक्राउ पूर्जी हिरासतमा लिईएको राजपा संयोजक यादवले जिल्ला प्रशासन कार्यालय मलंगवामा दिएको ज्ञापन पत्रमा दाबी गरिएको छ । आप्mना नेता पक्राउ गर्ने कार्यको घोरा भत्र्सना गर्दै राजपा नेपालले अबिलम्ब हिरासत मुक्त गरिदिन समेत अनुरोध गरेको छ । अन्यथा आन्दोलनमा उत्रन बाध्य हुने समेत ज्ञापन पत्रमा चेतावनी दिईएको छ ।

यता जिल्ला प्रहरी कार्यालय स्रोतले भने बरहथवा नगरपालिका सितापुर निवासी यादवलाई ‘मिटरब्याजी’ को रुपमा आम जनतालाई ठगी गरेको सम्बन्धमा पक्राउ गरिएको बताएको छ । तत्काललाई सुरक्षाकर्मीमाथि अभद्र व्यवहार गरेको आरोपमा कारबाही प्रकृया अगाडी बढाईएको र गृह मन्त्रालय लगाएतमा यादव विरुद्ध ठगी लगायतमा उजुरी परीसकेकाले सोही अनुसार कारबाही प्रकृया अगाडी बढाईने प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । राय गत स्थानीय तहको निर्वाचनमा राजपाको तर्फबाट बरहथवा नगरपालिकामा मेयर पदका प्रत्यासी थिए ।

यादवले ऋण प्रवाह गर्दा चर्को ब्याज असुलेको, ऋण दिँदा ५ गुणा बढीको कागज बनाउने गरेको, ऋण तिरीसक्दा पनि तमसुक फिर्ता नगरेको, ऋण लिँदा दृष्टीबन्धक राखेको जग्गा आफू खुशी बिक्री गरेको पीडितहरुले गुनासो गरेका छन् । यादव विरुद्द उजुरी लिएर ५० जना भन्दा बढी पीडितहरु मंगलबार काठमाण्डौं पुगेका छन् । पीडितहरु काठमाण्डौं पुगेको भोली पल्ट सर्लाही प्रहरीले यादवलाई पक्राउ गरेको हो । काठमाडौं पुगेका पीडितले विभिन्न राजनैतिक दलका नेताहरु एवं प्रहरीका वरिष्ठ सुरक्षा अधिकारीहरुसँग पीडा व्यक्त गरेका छन् ।

अर्का मिटरब्याजी सर्लाही ब्रम्हपुरीका संजय रौनियार भने भारततर्फ फरार भएको प्रहरी स्रोतले जनाएको छ । पीडितहरुको गुनासोका आधारमा रौनियारालाई समेत पक्राउ गर्ने तयारी भएपनि उनी भारततर्फ भाग्न सफल भएको प्रहरीले बतायो ।