सर्लाही महोत्सवमा आज जोगेन्दर र मुलाको सागले हसाउने, डिजराजले नचाउने

1481

राजघाट – स्थानीय कृषि तथा पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले सर्लाहीको राजघाटको रामपुरमा आयोजना गरिएको सर्लाही महोत्सवमा आज (मंगलबार) दिउँसो हाँस्य कलाकारद्वय जोगेन्दर पानवाला उर्फ शिवशंकर रिजाल र मुलाको साग उर्फ सुरेन्द्र केसीले प्रस्तुती दिने भएका छन् ।
त्यस्तै मंगलबार नै चर्चित गायक डिजराज पौडेलले समेत आफ्ना गीतहरु गाउने आयोजकले बताएका छन् । दिउँसो ३ बजेबाट हाँस्य कलाकारद्वय र गायक पौडेलको प्रस्तुती सूरु हुने बताईएको छ ।

बागमती नगरपालिका–५, राजघाटको रामपुरमा आयोजत महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, सर्कस, पिङ, झुला लगायत मनोरञ्जनात्मक साधनहरु लगायतको आकर्षण रहेको तथा स्थानीय कृषि उत्पादन, व्यापार लगायत स्टलहरु समेत राखिएको आयोजकले जनाएको छ । बुधबारबाट सर्लाही जिल्लाको रमणीय स्थलहरुको निरीक्षण गराउनका लागि महोत्सवमा हेलिकप्टर ल्याईने आयोजक समितिका निशान थापा मगरले दाबी गरेका छन् ।