मंगलवार बिहानै सर्लाहीको हरिपुरमा स्कारपियो पल्टिँदा एकको मृत्यु, पाँच जना घाईते

357


नवलपुर–मलंगवा सडक खण्ड अन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका–६, लक्ष्मीपुरमा मंगलवार बिहान स्कारपियो पल्टिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाईते भएका छन् ।
जिल्ला सदरमुकाम मलंगवााबाट नवलपुरतर्फ आइरहेको बीआर ०६ पीडी ३६३७ नम्वरको स्कारपियो सडकमा हिँडिरहेको राँगोलाई ठक्कर दिएर पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा स्कारपियोमा सवार भारतीय नागरिक ४० वर्षीय प्रमोद सदाको घटनास्थलमै मृत्यु भएको प्रहरीेले जनाएको छ ।
दुर्घटनामा भारतीय नागरिक ३५ वर्षीय सञ्जय सदा, ३० वर्षीया अकलया देवी, उहाँको एक वर्षीया छोरी राधिका कुमारी, ४० वर्षीय अमरजीत राम र स्कारपियो चालक सर्लाहीको हरिवन नगरपालिका–४, का ३० वर्षीय मोहम्मद रफतात घाईते भएका छन् । पाँचै जना घाईतेको नमूना अस्पताल हरिवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक बिक्रम साहले दुर्घटनाको सम्वन्धमा अनुसन्धान भइरहेको जानकारी दिए ।