प्रदेश सांसद्ले ज्यान मार्ने धम्की दिएपछि कविलासीका प्रमुख प्रशासकीय अधिकृत महतोको दोलखा सरुवा

739
कविलासीबाट सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत रामकुमार महतो ।

लालबन्दी – सर्लाहीको कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार महतोको दोलखा जिल्लाको सैलुङ गाउँपालिकामा सरुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कविलासी नगरपालिका दरबन्दी भएका साहलाई सैलुङ गाउँपालिकामा सोमबार काज सरुवाको निर्णय गरेको हो । केही दिनअघि प्रदेश सांसद् संजय यादवले ज्यान मार्ने धम्की दिएको भन्दै प्रमुख प्रशासकीय अधिकृत महतोले कविलासी नगरपालिका छाडेका थिए । साहले जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत दिएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत महतोलाई पटक–पटक प्रदेश सांसद् यादवले अनेकखाले धम्की दिने गरेको मेयर कौशलकिशोर रायले गुनासो गर्दै आएका छन् । यता सांसद् यादवले भने आफूले नगरपालिकाको हिसाबकिताब सार्वजनिक गर्न दबाब दिने गरेको बाहेक अन्य कुनै धम्की नदिएको दाबी गर्दै आएका छन् ।