मुसहर बालबालिकालाई स्वीटर वितरण

167

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका–७, चिताईनमा आइतवार मुसहर समुदायका ३५ जना बालबालिकालाई न्यानो स्वीटर वितरण गरिएको छ ।

जीवन रेखा नामक संस्थाले अति विपन्न एवं दलित समुदाय मुसहरका बालबालिकालाई एक–एक थान स्वीटर वितरण गरेको हो । चिसोबाट कठ्यांग्रिएका दलित बालबालिकालाई न्यानो प्रदान गर्ने उद्देश्यले घर–घरमै गएर स्वीटर प्रदान गरिएको संस्थाका कोषाध्यक्ष अभिमन्यू चौधरीले जानकारी दिए । संस्थाका अध्यक्ष अरबिन्द चौधरी र अन्य पदाधिकारीले घरमै आएर बालबालिकालाई स्वीटर वितरण गरेपछि मुसहर समुदाय खुशी भएका छन् । सर्लाहीमा विभिन्न सामाजिक संघसंस्थाले चिसोबाट प्रभावित भएकाहरुलाई कम्बल र न्यानो कपडा वितरण गरिरहेका छन् ।