रेडक्रस कविलासीको साधारण सभा सम्पन्न

198

कविलासी – सर्लाहीको कविलासीमा शनिवार नेपाल रेडक्रस सोसाइटी उपशाखाको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कविलासी नगरपालिका–४, हेमपुरस्थित जानकी दास जनता माध्यमिक विद्यालयमा साधारण सभा सम्पन्न भएको हो । रेडक्रस कविलासी उपशाखाका सभापति रामपुकार साहको अध्यक्षता एवं कविलासी नगरपालिकाका प्रमुख कौशलकिशोर यादवको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा रेडक्रसका आजिवन सदस्य एवं नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य बद्रीनारायण मिश्र, रेक्रडसका जिल्ला पार्सद एवं नेपाल शिक्षक संघका प्रदेश २ का उपाध्यक्ष भाग्यनारायण मिश्र लगायतको उपस्थिति थियो । सभाले रेडक्रसको जिल्ला कार्य समितिले गरेका कामहरु र उपशाखाको हरहिसाब अनुमोदन गरेको छ ।