पोखरेल बन्धुहरुको भेला सम्पन्न

421

हरिवन – सर्लाहीमा आत्रय गोत्र पोखरेल बन्धुहरुको प्रथम भेला शनिवार हरिवनमा सम्पन्न भएको छ ।

ग्रामीण स्वंयम सेवक समाज हरिवनको सभा हलमा हरिवन नगरपालिका–९, का वडाध्यक्ष सीताराम पोखरेलको अध्यक्षता एवं सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) विश्वमणि पोखरेलको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । भेलाले हरिवन नगरपालिका–९, का वडाध्यक्ष सीताराम पोखरेलको अध्यक्षतामा आत्रय गोत्र पोखरेल बन्धुहरुको १७ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा बलराम पोखरेल, सचिवमा दीलिपकुमार पोखरेल, कोषाध्यक्षमा ज्ञानप्रसाद पोखरेल लगायत अन्य सदस्य चयन भएका छन् ।

भेलामा पोखरेल बन्धुका ७ जना ज्येष्ठ बुवाआमालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने घरवारविहिन अत्रौलीका एक दलित परिवारलाई कम्बल प्रदान गरिएको भेलामा लालबन्दीबाट सहभागी पुरुषोत्तम पोखरेलले बताए ।