राजघाटमा भोलीबाट प्रथम सर्लाही महोत्सव हुने

1899

राजघाट – सर्लाहीको बागमती नगरपालिका–५, राजघाट स्थित रामपुरमा भोली शुक्रवारबाट प्रथम सर्लाही महोत्सव सुरु हुँदै छ ।

आयोजकले बिहिवार दिउँसो पत्रकार सम्मेलन गरी मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । महोत्सवको शुक्रवार बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाले एक समारोहका बीच उद्घाटन गर्ने मेला आयोजक समितिका संयोजक भेषबहादुर पुलामी (माधव) ले जानकारी दिए । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन स्थानीय बासिन्दाको अग्रसरतामा महोत्सव आयोजना गरिएको हो । कृषि तथा पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, हेलिकप्टरमार्फत सर्लाही जिल्लाको रमणीय स्थलहरुको निरीक्षण, पिङ, झुला लगायत मनोरञ्जनात्मक साधनहरु लगायतको आकर्षण रहेको आयोजकले जनाएको छ ।