हरिवनमा तीन महिने सिलाई कटाई तालिम सुरु

112

हरिवन – सर्लाहीको हरिवन नगरपालिका–९, मा आइतवारबाट तीन महिने सिलाई कटाई तालिम सुरु भएको छ ।

अप्पन मिथिला सेवा समाज नाम संस्थाको सहयोगमा आयोजित तालिमको आइतवार वडाध्यक्ष सीताराम पोखरेलको अध्यक्षता एवं प्रदेश सभा सदस्य डिल्ली प्रसाद उपे्रतीको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो । तालिम उद्घाटन कार्यक्रममा नेपाली काँगे्रस हरिवनका उप–सभापति डाकुरनाथ खतिवडा, महिला नेतृहरु तारा पोखरेल र संचिता घिमिरे, वडा सदस्य कर्णबहादुर खड्का लगायतको आतिथ्यता थियो ।

कार्यक्रम सञ्चालिका मन्जु कार्कीका अनुसार तालिममा हरिवन नगरपालिका वडा नं.९ भित्रका सिलाई कटाई सिक्न इच्छुक ३० जना महिला दिदी बहिनी सहभागी भएका छन् । उनीहरुलाई तालिम पश्चात सहयोगी संस्थाले एक–एक थान मेसिन समेत प्रदान गर्ने वडाध्यक्ष पोखरेलले बताए ।