हरिपुरमा २५० जनाले गराए दाँतको निःशुल्क उपचार

384

हरिपुर – सर्लाहीको हरिपुरमा दुई सय ५० भन्दा बढी व्यक्तिको निःशुल्क दाँतको उपचार गरिएको छ ।

हरिपुर नगरपालिकाले वडा नं. ६, लक्ष्मीपुरमा आयोजना गरेको शिविरमा सो सङ्ख्यामा स्थानीय वासिन्दाले सेवा लिएका हुन् । शिविरमा दाँत फेर्ने, दाँत भर्ने र दाँत सफा गर्ने सेवा प्रदान गरिएको हरिपुर नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक वुद्धदेव चौधरीले जानकारी दिए । आफ्नै ठाउँमा विशेषज्ञ दन्त चिकित्सकहरुबाट दाँतको औषधोपचार गराउन पाउँदा स्थानीय दलित तथा विपन्न परिवारले राहत महसुस गरेका छन् ।

अन्यत्रबाट दन्त विशेषज्ञ मगाएर स्थानीय वासिन्दाको दाँतको औषधोपचार गरिएको हरिपुर नगरपालिकाका प्रमुख जमरुद्दिन मन्सुरले बताए । शिविरको शनिवार प्रदेश सभा सदस्य बेची लुङ्गेलीले उद्घाटन गरेकी थिईन् ।