साना किसानको १३ औँ साधारण सभा

81

ईश्वरपुर – सर्लाहीको ईश्वरपुर नगरपालिका–१४, गौरीशंकरमा रहेको साना किसान कृषि सहकारी संस्थाको आइतवार १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष रामलखन चौधरीको अध्यक्षता एवं ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटाको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । सभामा ईश्वरपुर नगरपालिकाकी उपप्रमुख एकाबती देवी चौधरी, वडा नं. १४ का वडाध्यक्ष रामपुकार महतो, वडा नं. १५ का वडाध्यक्ष कपिलदेव चौधरी, कार्यपालिका सदस्य गीता चौधरी, रमादेवी अधिकारी लगायतको आतिथ्यता रहेको थियो । साधारण सभाकै अवसरमा संस्थाले अघिल्लो वर्षको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने दुई जना छात्रछात्रालाई तीन तोला चाँदी प्रदान गरी र असल बचतकर्ता, ऋणी र कृषक समूहलाई दोसल्ला ओढाएर सम्मान गरेको छ ।