जंगलमा फेला पर्यो बेवारिसे शव

203

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–१७, रानीगञ्जस्थित एभरेष्ट सामुदायिक वन भित्र आइतवार बिहान एक बेवारिसे पुरुषको शव फेला परेको छ ।

जंगलको बीचमा सडिसकेको अवस्थामा अन्दाजी ३०/३५ वर्षका पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । घटनास्थलमा फेला परेको मोवाइल र मृतकले लगाएको कपडाको आधारमा परिचय खुलाउने प्रयास भईरहेको प्रहरी निरीक्षक नारायण थापाले बताए । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाई मृत्युको कारण बारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

यसैबीच लालबन्दी नगरपालिका–१६, परवानीपुरमा रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ । भोर्लेनी जंगलमा बाख्रालाई घाँस झार्दै गर्दा टिकुलीको रुखबाट लडेर सोही ठाउँका ७० वर्षीय जीतबहादुर जिम्बाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।