हरिवन र जनहित सहकारीको साधारण सभा

171

हरिवन – जिल्ला स्थित दुईवटा बचत तथा ऋण सहकारी संस्थाको शनिबार वार्षिक साधारण सभा सम्पन्न भएको यस उज्यालो अभियान दैनिकलाई खबर प्राप्त भएको छ ।

हरिवन नगरपालिका–८, चापिनी स्थित हरिवन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष कृष्णा पौडेलको अध्यक्षता एवं प्रदेश सभा सदस्य डिल्ली प्रसाद उपे्रतीको प्रमुख आतिथ्यता तथा हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाईंको विशिष्ठ आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । सभामा लेखा समितिका संयोजक भरतकुमार कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै हालसम्म संस्थाको कुल कारोवार ७ करोड ९६ लाख ७७ हजार ५ सय ९५ रुपियाँ पुगेको र आर्थिक वर्ष २०७५/०७६ मा २४ लाख ४६ हजार २ सय ४४ रुपियाँ खुद मुनाफा गरेको जानकारी दिए । संस्थाका सचिव रवीन्द्र भट्टराईको सञ्चालन एवं उपाध्यक्ष हरि अधिकारीको स्वागतमा सम्पन्न सभामा असल बचतकर्ता, प्लस् टूमा उत्कृष्ट अंक ल्याउने छात्रा र सबैभन्दा बढी बचत गर्ने शेयर सदस्य एवं संस्थामा आवद्ध ज्येष्ठ शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो ।

यसैबीच लालबन्दी नगरपालिका–१७, रानीगञ्ज स्थित जनहित बचत तथा ऋण सहकारी संस्थाको आज १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष चेतप्रसाद तिमल्सिनाको अध्यक्षता एवं संस्थाका ज्येष्ठ शेयर सदस्य सुरेन्द्र प्रधानको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । संस्थाकै प्राङ्गणमा आयोजित सभामा पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बाबुराम घिमिरे लगायतले मन्तव्य राखेका थिए । हालसम्म ७ करोड ९८ लाख ३३ हजार ५४ रुपियाँ कुल कारोवार पुगेको सहकारीले आर्थिक वर्ष २०७५÷०७६ मा २५ लाख २३ हजार ८ सय ७१ रुपियाँ खुद मुनाफा गरेको साधारण सभामा जानकारी गराइएको छ । सभामा संस्थाका ७० वर्ष पार गरिसकेका २१ जना ज्येष्ठ शेयर सदस्यलाई सम्मान गरिएको थियो ।