विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री

123

लालबन्दी – उत्तरी चुरेक्षेत्रमा पर्ने सर्लाहीको लालबन्दी नगरपालिका–१२ र १३ मा शनिबार विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरिएको छ ।

त्रिशक्ति युवा समाज पत्थरकोट र कास्की जिल्लाको नमस्ते किड्स नामक संस्थाको सहकार्यमा लालबन्दी–१२ र १३ का विभिन्न तीन विद्यालयका विद्यार्थीलाई न्यानो स्वीटर, फाइबरको सिरक र शैक्षिक सामाग्री प्रदान गरिएको हो । पत्थरकोट छेंडास्थित कुशेश्वर आधारभूत विद्यालयमा त्रिशक्ति युवा समाजका अध्यक्ष मोहनहरि गुर्मछानको अध्यक्षता एवं पूर्व मन्त्री शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा लालबन्दी नगरपालिका–१२, १३ र १७ का वडाध्यक्षहरु क्रमश : दुर्गा आले, शिवकृष्ण वैद्य र नवराज अधिकारी, कांगे्रस नेतृ रेखा जोशी, विद्यार्थी नेताहरु नारायण गुर्मछान र मनोज बखे्रल लगायतको उपस्थिति थियो ।

चिसोमा न्यानो कपडा पाएपछि विपन्न परिवारका विद्यार्थी र उनीहरुका अभिभावकले खुशी व्यक्त गरेका त्रिशक्ति युवा समाजका कोषाध्यक्ष प्रेमसुन्दर श्रेष्ठले जानकारी दिए ।