हरिपूर्वामा विद्यालय भवन शिलान्यास

154

हरिपूर्वा – सर्लाहीको दक्षिण–पूर्वी भेगमा पर्ने हरिपूर्वा नगरपालिकामा रहेको सोनफी प्राथमिक विद्यालयको निर्माण हुन लागेको पक्की भवनको शुक्रबार शिलान्यास गरिएको छ ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरि दुईकोठे भवनको शिलान्यास गरिएको हो । शिक्षा मन्त्रालयबाट प्राप्त अनुदान र स्थानिय तहको सहयोगमा निर्माण गर्न लागिएको भवनको हरिपूर्वाका नगरप्रमुख सियाराम रायले शिलान्यास गरेका हुन् ।

१६ लाखको लागतमा बन्न लागेको भवनको शिलन्यास कार्यक्रममा नगरप्रमुख राय, वडाध्यक्षहरु, स्थानिय जनप्रतिनिधि, सामाजीक अगुवा, विद्यालयका पदाधिकारी, शिक्षाप्रेमी लगायतको उपस्थिती रहेको थियो । सोनफी प्राविमा अध्ययनरत ३०० विद्यार्थीहरुलाई भवन निमार्ण भएपछि पठनपाठनमा केही सहज हुने र व्यवस्थित ढंगबाट कक्षा सञ्चालनमा मद्दत पुग्ने भन्दै विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकले खुशी व्यक्त गरेका छन् ।