सर्लाहीका तेक्वान्दो खेलाडी रामेछाप गए

1029

लालबन्दी – बिसौं सिनियर राष्ट्रीय आइटिएफ तेक्वान्दो प्रतियोगितामा सहभागी हुन शुक्रबार सर्लाहीका २२ खेलाडीको टोलि रामेछापको गेल्पा प्रस्थान गरेको छ ।

मंसिर २८ देखी ३० गतेसम्म संचालन हुने खेलमा सहभागी हुन प्रदेश २ को प्रतिनिधित्व गर्दै श्याम शिबाकोटीको नेतृत्वमा सर्लाहीको खेलाडीको टोली गेल्पा प्रस्थान गरेको हो । टोलीलाई लालबन्दी नगरपालिका वडा न ७ का वडाध्यक्ष सुरेन्द्र न्यौपानेले शुभकामना दिदै बिदाई गरेका छन् । लालबन्दी बजारस्थित मरिण चौतारीमा शुक्रबार बिहान लालबन्दी नगरपालिका–६ का वडाध्यक्ष उज्वल कार्की, वडा न ९ का वडाध्यक्ष गोपाल घिमिरे, भिजिट नेपाल २०२० सर्लाही समन्वय समितिका अध्यक्ष बैकुण्ठ सापकोटा, उद्योग वाणिज्य संघ लालबन्दीका उपाध्यक्ष सुरेश श्रेष्ठ, करातेका जिल्ला अध्यक्ष भानु सुस्लिङ तथा समाजसेवी, पत्रकार स्थानीय लगाएतको उपस्तिथिमा वडाध्यक्ष न्यौपानेले शुभकामना दिदै बिदाई गरेको आइटिएफ तेक्वान्दो सर्लाहीका जिल्ला अध्यक्ष शिवाकोटीले जानकारी दिए ।