श्रम मन्त्रीलाई गृह जिल्लामा भ्याई–नभ्याई

173

लालबन्दी – नव नियुक्त संघीय श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव तीन दिनयता गृह जिल्ला सर्लाहीमा व्यस्त छन् ।

मन्त्रीमा नियुक्त भएपश्चात गत मंगलबार सर्लाही आएका रायलाई विहिबार साँझसम्म सम्मान र बधाई थाप्न भ्याई नभ्याई भएको छ । मन्त्री यादव तीन दिनयता जिल्लास्थित दुई दर्जन कार्यक्रममा सहभागि भएका छन् । विहिबार मात्र हरिपुर, हरिवन नगरपालिकाको गणेशस्थान, कृष्ण प्रणमी मन्दिर शंकरपुर, चक्रघट्टा–५, पडरियाको कार्यक्रममा सहभागि भएका मन्त्री यादवले कार्यालय प्रमुखहरुको बैठक राखेर निर्देशन समेत दिन भ्याए । मन्त्री यादव शुक्रबार बिहान काठमाडौंतर्फ लाग्ने बताईएको छ ।

विहिबार बिहान सर्लाहीको हरिपुरमा नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रि रामेश्वर राय यादवलाई स्वागत तथा सम्मान गरिएको छ । गृह जिल्ला आएको तेस्रो दिन आज हरिपुर नगरपालिकाले आयोजना गरेको सम्मान कार्यक्रममा नगरपालिकाका प्रमुख जमरुद्दिन मन्सुरले मन्त्रि यादवलाई स्वागत गर्दै आफ्नो नगरभित्र रहेको बेरोजगारीको समस्याका बारेमा जानकारी गराएका थिए । स्वागत कार्यक्रममा नगर प्रमुख मन्सुरको अध्यक्षता एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रि यादवको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य डाचाराज वाग्ले, स्थानिय जनप्रतिनिधि, सुरक्षाकर्मी, सामाजिक अगुवा ,स्थानिय लगायतको उपस्थिति रहेको थियो ।