लागूऔषधसहित पक्राउ

222

मलंगवा–सर्लाही सदरमुकाम मलंगवाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।

लालबन्दी नगरपालिका–१ का २१ वर्षीय नितेश थापा भारतको सोनवर्षाबाट विभिन्न किसिमका प्रतिवन्धित लागूऔषध लिएर आउँदै गर्दा पक्राउ परेका हुन् । मलंगवा नगरपालिका–८ स्थित गोरखकाली प्रहरी चौकी अगाडिबाट पक्राउ परेका थापाको साथबाट नुर्फिम, डाइजेपाम र फेनार्गन गरी जम्मा ५७ पिस लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ । सोनवर्षाबाट मलंगवातर्फ आइरहेको बीआर ३० पीए ०८४२ नम्वरको टेम्पुमा चढेर आउँदै गर्दा लागूऔषध सहित पक्राउ परेका थापालाई जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

सर्लाहीको मलंगवा, संग्रामपुर र त्रिभुवननगर नाकाबाट लागूऔषधसहित पटक–पटक धेरै युवा पक्राउ परिरहेका छन् । तर खुला सीमा नाकाबाट प्रहरीको आँखा छल्दै केही युवाहरु लागूऔषध लिएर आउने गरेका स्थानीय वासिन्दाले बताएका छन् ।