पुर्व सांसद साहद्वारा आगलागी पीडितलाई राहत वितरण

358

हरिवन– गत शनिबार घुर्कौलीमा भएको आगलागीका पीडितलाई पुर्व सांसद नरेन्द्र साहले राहत सामाग्री वितरण गरेका छन् ।

सोमवार बिहान पुर्व सांसद साहले पठाएको राहत सामग्री पिडितको घरमै पुगेर हस्तान्तर गरिएको हो । पुर्व सांसद साहले रोशन दोङको पहलमा सांसद नरेन्द्र साहले पठाइएको राहत सामाग्री त्रिपाल, कम्बल, म्याट, दाल, चामाल भाडाकुडा पिडित अन्सारी परिवारलाई हस्तान्तरण गरिएको हो । राहत सामाग्री हरिवन नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नागेन्द्र साह, युवा समाजसेवी जोनिश पाख्रिन, तिर्थ श्रेष्ठ, किरण लामा लगायतको उपस्थितिमा वितरण गरिएको स्थानीको भनाई छ ।

शनिबार बिद्युत सर्ट भै आग्लागी हुदा हरिवन–५ घुर्कौली निवासी सागिर अन्सारीको घर जलेर नष्ट भएको थियो । भने घर, घरमा रहेको सर समान गरी ६ लाख बराबरको क्षती भएको थियो । आग्लागी पछि पीडित परिवार घरबार बिहिन भएका छन, भने अन्नपात, लत्ताकपडा, पकाउने भाँडाकुडा समेत नहुदा पीडित परिवारको अवस्था नाजुक बनेको स्थानीको भनाई छ ।