शिक्षा इकाईका प्रमुख पोखरेलको बिदाई

210
इकाई प्रमुख पोखरेललाई माला र अबिर पहिर्याएर बिदाई गरिँदै । (तस्बिर : उज्यालो अभियान)

हरिपुर – शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीबाट सरुवा हुनु भएका चेतकुमार पोखरेललाई शनिवार बिदाई गरिएको छ ।

नेपाल शिक्षक संघ सर्लाहीले महाविर जनता माध्यमिक विद्यालय हरिपुरमा एक कार्यक्रमको आयोजना गरी पोखरेललाई बिदाई गरेको हो । चिकित्सा स्वास्थ्य प्रतिष्ठानमा सरुवा भएका पोखरेललाई नेपाल शिक्षक संघ सर्लाहीका कार्यवाहक अध्यक्ष यमनाथ उपे्रतीको अध्यक्षता एवं पूर्व सांसद रामचन्द्र चौधरीको प्रमुख आतिथ्यतामा बिदाई गरिएको नेपाल शिक्षक संघले जनाएको छ । अब शिक्षा इकाई मलंगवामा प्रमुखको जिम्मेवारी रामाधार कुशवाहाले पाएका छन् ।