बसले मोटरसाइकललाई ठक्कर दिँदा तीन घाईते

118
सांकेतिक तस्बिर ।

लालबन्दी – पूर्व–पश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुर तेलबालीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा तीन जना गम्भीर घाईते भएका छन् ।

शुक्रवार साँझ नवलपुरबाट लालबन्दीतर्फ आउँदै गरेको ना. ५७ प ३८५५ नम्वरको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको ना. ६ ख ७१६९ नम्वरको बसले ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकल चालक लालबन्दी नगरपालिका–६, का १९ वर्षीय सहबाज अन्सारी, मोटरसाइकल पछाडि सवार लालबन्दी नगरपालिका–६, कै १५ वर्षीय सार्थक दुलाल र मोटरसाइकल पछाडि सवार लालबन्दी नगरपालिका–७, का १९ वर्षीय रबेल मण्डल घाईते भएका ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रहरीका अनुसार बसले ठक्कर दिँदा चालक अन्सारीको खुट्टा भाँचिएको छ भने पछाडि सवार दुलाल र मण्डलको टाउकोमा गहिरो चोट लागेको छ । घाईते तीनै जनालाई नमूना अस्पताल हरिवनमा सामान्य उपचार गरी राती काठमाण्डौंतर्फ रेफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न बस र चालक प्रहरीको नियन्त्रणमा छन् ।