जन्मोत्सवमा वृद्धबृद्धालाई खाजा

121

जुटपानी – छोराको जन्म दिनको अवसर पारेर एक परिवारले शनिवार दिउँसो सर्लाहीको जुटपानी आश्रममा खाजा वितरण गरेको छ ।

लालबन्दी नगरपालिका–९, का सलिनमान श्रेष्ठ र हीरादेवी श्रेष्ठले छोरा बिजयको २३ औँ जन्मोत्सवमा पद्म भुवनेश्वरी नमूना वृद्धा सेवाश्रम जुटपानीमा आश्रित बृद्धबृद्धालाई खाजा खुवाएका हुन् । श्रेष्ठ दम्पतीले आश्रमै आएर वृद्ध आमाबुवा र बालबालिकालाई बिस्कुट तथा फ्रुटी वितरण गरेका आश्रमकी व्यवस्थापक भवानी कोइरालाले जानकारी दिईन् ।