सर्लाहीका एसपी भट्टराईको काज सरुवा

181
एसपी गोपालचन्द्र भट्टराई

मलंगवा – जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईको काज सरुवा भएको छ ।

एसपी भट्टराईको प्रहरी प्रधान कार्यालयको कानुन शाखामा सरुवा भएको हो । एसपी भट्टराई सर्लाही प्रहरी प्रमुखको रुपमा १० महिना अघि सरुवा भई आएका थिए । अब सर्लाही प्रहरी प्रमुखमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयका एसपी विश्वमणि पोखरेल आउने भएका छन् । प्रहरी प्रधान कार्यालयले शुक्रबार साँझ ८ एसपी र २१ प्रहरी नायव उपरीक्षक (डिएसपी)को काज सरुवा गरेको छ ।