सवारी दुर्घटनामा एक जनाको मृत्यु

144
सांकेतिक तस्बिर ।

लालबन्दी– सर्लाहीमा विहिबार भएका दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
विहिबार साँझ ७ बजे लालवन्दी नगरपालिका–१ नवलपुर स्थित पुर्व–पश्चिम राजमार्गमा पश्चिमवाट पुर्व तर्फ जाँदै गरेको एक सवारी साधनले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु भएको छ । नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा नाम, थर तथा वतन नखुलेका करिब २५÷२६ बर्षका पुरुष व्यक्तीको मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको खोजी भईरहेको तथा मृत्यु हुने सर्वसाधारणको थरवतन पत्ता लगाउने प्रयास भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।