आगोले जलेर घाईते

131

बलरा – सर्लाहीको बलरा नगरपालिकामा आगोले जलेर एक वृद्धा शघाईते भएकी छिन् ।
चिसो छल्न आगो बालेर ताप्ने क्रममा बलरा नगरपालिका १० सुदामा गाउँकी ९० वर्षीया चुलाही देवी महतो जलेर घाईते भएकी हुन् । लुगाबाट आगो सल्किएर वृद्धाको शरीरका विभिन्न भाग जलेको प्रहरीले जनाएको छ ।

घाईते वृद्धालाई गाउँकै मेडिकलमा सामान्य उपचार गरी थप उपचारका लागि जिल्ला अस्पताल मलंगवा ल्याइएको छ । जिल्लामा न्यानो कपडा र ओढ्ने–ओछ्याउने नभएका विपन्न तथा सुकुम्वासी परिवारले आगो तापेर चिसो छलिरहेका छन् ।

यसैबीच सर्लाहीको हरिपुर नगरपालिका ८ जगतपुरमा क्रसरमा काम गर्ने क्रममा बालुवामा पुरिएर एक मजदुर घाईते भएकी छिन् । मेसिनमा बालुवा लोड गर्ने क्रममा बालुवाले पुरिएर घाईते भारतीय नागरिक १९ वर्षका अमोदकुमार मण्डलको नमूना अस्पताल हरिवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।