१६ दिने अभियान : असल बुहारी सम्मानित

219

हरिवन-लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–९, ले मंगलवार असल बुहारीलाई सम्मान गरेको छ ।

सासु–ससुराको राम्रोसँग हेरविचार गर्ने पाँच जना असल बुहारी र एक जना वृद्ध आमालाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । वडाभित्रका अन्य परिवारमा पनि सासु–बुहारीबीच राम्रो सम्वन्ध स्थापित हुन मद्धत पुगोस् भन्ने उद्देश्यले असल व्यवहार गर्ने बुहारीहरु छनौट गरी सम्मान गरिएको हरिवन नगरपालिका–९, का वडाध्यक्ष सीताराम पोखरेलले जानकारी दिए ।

कार्यक्रममा लैंगिक हिंसाका सम्वन्धमा उत्कृष्ट भनाई राख्ने सगुन शिक्षा आवासिय विद्यालयको कक्षा ७ मा अध्ययरत छात्र उत्सव आचार्यलाई पुरस्कृत गरिएको छ । जिल्ला समन्वय समितिकी उपप्रमुख जमुना पौडेल पराजुलीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा हरिवन नगरपालिकाकी उपप्रमुख रेणुका पौडेल लगायतको आतिथ्यता थियो ।