
सर्लाही-सर्लाही क्षेत्र नम्वर १ का प्रतिनिधि सभाका सांसद प्रमोद साहले पूर्व–पश्चिम राजमार्गमा दुर्घटनामा परी घाईते भएकी एक महिलाको उद्धार गरेका छन् ।
आइतवार बिहान बर्दिवास र बाँके जंगलको बीचमा मोटरसाइकलबाट लडेर धनुषाको धनुषाधाम नगरपालिका निवासी ३० वर्षीया पूजा कुमारी कर्ण शक्त घाईते भएकी थिईन् । गढिमाई दर्शनका लागि आउँदै गर्दा दुर्घटनामा परेकी कर्णलाई सांसद साहले आफ्नै गाडीमा राखेर उपचारका लागि लालबन्दीस्थित मोडेल अस्पताल ल्याएका हुन् । आफ्नै अगाडि महिला मोटरसाइकलबाट लडेर अचेत भएपछि तत्कालै उद्धार गरी अस्पताल ल्याएको सांसद साहले जानकारी दिए ।
निधारमा चोट लागेर घाईते महिलाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन् ।