मैनाली समाजले नेतृत्व चयन गर्यो

529

हरिवन – मैनाली समाज नेपाल सर्लाहीको छैठौं वार्षिक साधारण सभा एवं तेस्रो जिल्ला अधिवेशन शनिवार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

पुनः केदारनाथ मैनालीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति चयन गर्दै वार्षिक साधारण सभा एवं अधिवेशन सम्पन्न भएको हो । नयाँ कार्य समितिको उपाध्यक्षमा विष्णुहरि मैनाली, सचिवमा डिल्लीप्रसाद मैनाली, कोषाध्यक्षमा श्यामप्रसाद मैनाली, सहसचिवमा गोबिन्द मैनाली लगायत अन्य सदस्य रहेका छन् ।

कार्यक्रमकै अवसरमा हरिवनस्थित सुखेपोखरी मन्दिर परिसरमा आयोजना गरिएको रक्तदान शिविरमा ३० जनाले रक्तदान गरेका छन् ।