हरिवनमा सहकारी सञ्जाल गठन

143

सन्जु कर्ण
हरिवन – सर्लाहीको हरिवनमा सुक्रवार नगर स्तरीय सहकारी सञ्जाल गठन गरिएको छ ।

‘दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने मूल नाराका साथ हरिवन नगरपालिकाको सहकारी विभागको पहलमा सम्पन्न सहकारीकर्मीहरुको भेलाबाट रामप्रसाद घिमिरेको संयोजकत्वमा १३ सदस्यीय नगर स्तरीय सहकारी सञ्जाल गठन गरिएको हो । नगरपालिकाको सहकारी विभागका प्रमुख एवं वडा नम्वर–१०, का वडाध्यक्ष शम्भु मैनालीको अध्यक्षता एवं नगरपालिकाका प्रमुख गणेश प्रसाईको प्रमुख आतिथ्यतामा आयोजित भेलामा नगरपालिकाको शिक्षा शाखाका प्रमुख नवराज निरौला, बचत तथा ऋण सहकारी संघ सर्लाहीका अध्यक्ष बाबुराम घिमिरे, सामाजिक अगुवाहरु राजकुमार उपे्रती, तारा पोखरेल, इन्द्र पाठक, डाकुरनाथ खतिवडा, सरोज सापकोटा, चुडामणि वाग्ले लगायतको आतिथ्यता रहेको थियो । नगरभित्रका विभिन्न बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीहरुको उपस्थितिमा सञ्जाल गठन गरिएको संयुक्त कृषि सहकारी संस्था हरिवनका अध्यक्ष सरोज अधिकारीले जानकारी दिए ।