सर्लाहीका ईन्स्पेक्टर रामकिशोर साह घुससहित पक्राउ

1000
घुससहित पक्राउ परेका प्रहरी निरीक्षक रामकिशो साह ।

लालबन्दी – सर्लाहीका एक जना प्रहरी निरीक्षक (इन्सपेक्टर) सुक्रवार जनकपुरबाट घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियारको टोलीले जिल्ला प्रहरी कार्यालय मलंगवामा कार्यरत इन्सपेक्टर रामकिशोर साहलाई ९० हजार रुपियाँ घुससहित पक्राउ गरेको हो । साह ठगी मुद्दामा सहयोग गरिदिने भन्दै एक जनासँग घुस लिएलगत्तै पक्राउ परेका हुन् । जनकपुरधाम उपमहानगरपालिका–८ बाट घुस रकमसहित इन्सपेक्टर साहलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धानको बर्दिबास कार्यालयले जनाएको छ । घुस रकम बुझ्नकै लागि साह सर्लाहीबाट जनकपुर पुगेको स्रोतले जनाएको छ । उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीका लागि अख्तियारको टोलीले बर्दिबास कार्यालय ल्याएको छ ।