नेशनका युवाले वृद्धवृदालाई मिष्ठान्न खुवाए

लालबन्दी (जुटपानी) – सर्लाहीको हरिवन स्थित नेशन सर्पोट फाउण्डेसन नामक संस्थाले सर्लाहीको लालबन्दी नगरपालिका जुटपानी स्थित पद्म–भूवनेश्वरी नमूना वृद्धा सेवाश्रममा मिष्ठान भोजन गराएको छ ।

हरिवन नगरपालिका–११ मा रहेको फाउण्डेसनका सदस्यहरुले शुक्रबार बिहान आश्रममा आश्रीत बृद्धबृद्धालाई भोजन गराएका हुन् । एक छाक खानका लागि कोही पनि तड्पिनु नपरोस् भन्ने उद्देश्यले वृद्धबृद्धालाई भोजन गराएको फाउण्डेसनका सदस्य विकास कुमार चिमोरियाले जानकारी दिए । फाउण्डेशनका राजेश साह, चिमोरिया लगायत युवाहरुले आफै वृद्धाश्रममा बिहानै उपस्थित भई खानेकुरा पकाएर वृद्धवृद्धालाई खुवाएका थिए । कार्यक्रममा नेपाली कांग्रेस लालबन्दी नगर सभापति प्रशान्त आचार्य, कांग्रेस नेतृ सोनी बम्जन, कांग्रेस हरिवन उपसभापति डाकुरनाथ खतिवडा, उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण जोशी, लालबन्दी नगरपालिका कार्यालयका अधिकृत गोपाल थापा लगायतको उपस्थिती रहेको थियो । युवाहरुको समूहले वृद्धवृद्धालाई मिष्ठान भोजन गराउने जस्तो पवित्र कार्य गरेकोमा आश्रमकी अध्यक्ष भवानी कोइरालाले आभार प्रकट गरिन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!