हरिवनमा च्याउ खेती सम्वन्धी तालिम सम्पन्न

153

सन्जु कर्ण, सर्लाहीको हरिवनमा बिहिवार च्याउ खेती सम्वन्धी एक दिने तालिम सम्पन्न भएको छ ।

हरिवन नगरपालिकाको कृषि शाखाको आयोजनामा मेयर गणेश प्रसाईको प्रमुख आतिथ्यतामा सम्राट होटलको सभा हलमा तालिमको आयोजना गरिएको हो । तालिममा हरिवन नगरपालिका भित्रका ३० जना अगुवा किसान सहभागी भएका थिए । सहभागीहरुलाई कृषि सेवा शाखाका प्रमुख सत्यनारायण साफीले च्याउ खेती गर्ने तरिकाबारे सिकाएका थिए । किसानलाई च्याउ खेतीमा व्यावसायिक रुपमा लगाउने उद्देश्यले तालिम प्रदान गरिएको कृषि शाखाका कर्मचारी कमला गर्तौलाले बताईन् ।

तालिमको उद्घाटन गर्दै मेयर प्रसाईले तालिमको पूर्ण उपयोगिता हासिल गर्न किसानलाई आग्रह गरे । उनले सीपलाई व्यावसायिता प्रदान गर्न जोड दिए । कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोपालमान श्रेष्ठ, हरिवन नगरपालिका–१०, का कार्यवाहक वडाध्यक्ष लक्ष्मीप्रसाद गर्तौला लगायतले मतव्य राखेका थिए । हरिवन नगरपालिकाभित्र ३५ देखि ५० जनाको हाराहारीमा किसानले च्याउ खेती गरिरहेका नगरपालिकाका कृषि प्राविधिक नवीना दाहालले जानकारी दिईन् ।