साईकयात्रीलाई ठक्कर दिने मोटरसाईकल फरार, मोटरसाईकलयात्रीलाई ठक्कर दिएर भागेको ट्रक नियन्त्रणमा

181
सांकेतिक तस्बिर ।

हरिवन – विहिबार साँझ र राती भएका छुट्टाछुट्टै दुर्घटना अन्तर्गत साईकल यात्रीलाई ठक्कर दिने मोटरसाईकल यो समाचार तयार पार्दासम्म फरार रहेको छ भने मोटरसाईकलयात्रीलाई ठक्कर दिएर भाग्दै गरेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राती ९ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिका–४, तिनघरे चोक स्थित भित्रीबाटोबाट निस्कदै गरेको मोटरसाईकललाई ठक्कर दिएर भाग्दै गरेको ना. ५ ख ५८१७ नम्बरको ट्रक र त्यसका चालकलाई ईलाका प्रहरी कार्यालय कर्मैयामा नियन्त्रणमा लिईएको हो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ट्रकले ना. ७ प ४१८१ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा कृष्ण स्याङ्तान घाईते भएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । स्याङ्तानको नवलपुर स्थित सभ्यता अस्पतालमा उपचार भईरहेको छ ।

त्यस्तै विहिबार साँझ साँढे ६ बजे एक साईकल यात्रीलाई ठक्कर दिएर मोटरसाईकल सहित चालक फरार भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिका–११ चापिनी पूल नजिक मोटरसाईकलले ठक्कर दिँदा हरिवन नगरपालिका–१, अत्रौली निवासी करिब ५० वर्षीय जिवस महतो घाईते भएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ गईरहेका महतोलाई विपरित दिशाबाट आईरहेको मोटरसाईकलले साँझ साँढे ६ बजे ठक्कर दिएको थियो । टाउकोमा चोट लागि घाईते महतोको नमूना अस्पताल हरिवनमा उपचार भईरहेको छ ।

तिव्र गतिमा रहेको मोटरसाईकलले आप्mनै साईडमा हिँडिरहेको साईकललाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । मोटरसाईकल लिएर फरार भएका चालकको खोजी भईरहेको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।