रनियामा गढिमाई मेला सुरु

113

कविलासी – सर्लाहीको कविलासी नगरपालिका–५, रनियामा बिहिवारबाट पञ्च वर्षीय गढिमाई मेला सुरु भएको छ ।

मेलाको बिहिवार दिउँसो प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले उद्घाटन गरे । मेलाको उद्घाटन गर्दै मन्त्री यादवले रनियाको गढिमाई मन्दिरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी धर्मशाला निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले स्थानीय ढंग्रा खोलामा स्नान घाट निर्माणका लागि सहयोग गर्ने बचन दिँदै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएर पेश गर्न आग्रह गरे ।

यस्तै मेलाको उद्घाटन समारोहमा प्रदेश सभा सदस्य सञ्जय राय यादवले जमुनिया–रनिया सडकलाई जोडेर प्रसिद्ध पर्यटकीय स्थल निर्माणका लागि पहल गर्ने बताए । कार्यक्रममा अर्का प्रदेश सभा सदस्य अशोक यादव, कविलासी नगरपालिकका मेयर कौशल राय यादव, नेकपाका नेता विनय कर्ण, समाजवादी पार्टीका नेता वीरेन्द्रकुमार यादवलगायतले मन्तव्य राखे । कविलासी नगरपालिका–५, का वडाध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा रामप्रसाद रायले स्वागत मन्तव्य रोख ।