दुर्घटनामा बालिका घाईते

सर्लाही–नवलपुर–मलंगवा सडक खण्ड अन्तर्गत सर्लाहीको कविलासी नगरपालिका–७, सिर्सियामा स्कारपियोको ठक्करबाट एक बालिका घाईते भएकी छिन् ।

नवलपुरबाट मलंगवातर्फ गइरहेको बीआर ३० पीए २३५८ नम्वरको स्कारपियोले ठक्कर दिँदा चेतनारायण महतोकी पाँच वर्षकी छोरी सपनाकुमारी घाईते भएकी हुन् । घाईते बालिकालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गरी वीरगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ । बालिकालाई ठक्कर दिने स्कारपियो र त्यसका चालक प्रहरीको नियन्त्रणमा छन् ।