बागमतीमा १९ औं जनमुक्ति सेना दिवस सम्पन्न

508

सर्लाही-सर्लाहीको बागमतीमा १९ औँ जनमुक्ति सेना दिवस मनाईएको छ ।

आईतवार बागमती नगरपालिकाको सभाहलमा आयोजित एक समारोहको विच दिवस मनाईएको पुर्व जनमुक्ति सेना संघ नेपाल सर्लाही समितिले जनाएको हो । पुर्व जनमुक्ति सेना संघ नेपाल सर्लाहीको आयोजनामा सम्पन्न कार्यक्रममा नेकपाका पार्टि प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश प्रमुख आतिथी रहेको समितिका जिल्ला अध्यक्ष टंक बहादुर बोहराले जानकारी दिए ।

सोही कार्यक्रमका बिच समसामयीक राजनैतिक प्रशिक्षण कार्यक्रम समेत सम्पन्न गरेको आयोजक पुर्व जनमुक्ति सेना संघ नेपालका जिल्ला अध्यक्ष बोहराको भनाई छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेकपा सचिवालय सदस्य तथा पार्टि प्रवक्ता श्रेष्ठले देशको बिभिन्न परिवर्तनमा पुर्व जनमुक्ति सेनाले दिएको बलिदानी साकार पार्न नेकपा सरकार लागी रहेको बताए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य डाचाराज वाग्ले, अच्युतम काफ्ले, प्रलाद बुडाथोकी, विशिष्ठ अतिथि, नेकपा जिल्ला अध्यक्ष रेवती पन्त, प्रदेश सभा सांसद बेची लुंगेली, प्रदेश सांसद डिल्ली प्रसाद उप्रेती, बागमती नगर प्रमुख भरत कुमार थापा, उप प्रमुख लिला कुमारी मोक्तान लगाएतको आतिथ्यता रहेको थियो । सोही कार्यक्रममा बोल्दै पुर्व जनमुक्ति सेना नेपाल सर्लाहीका अध्यक्ष बोहराले विगतमा जनताको समृदीको लागी रगत बगाएका पुर्व जनमुक्ति सेनाले राष्ट्रको सिमा रक्षाको निमित्त फेरी पनि रगत पसिना बगाउन तयार रहेको भन्दै चेतावनी दिएका छन् ।