बागमतीमा आगलागीबाट दुई घर जल्यो

186
प्रतिकात्मक तस्बिर

सर्लाही–सर्लाहीको बागमती नगरपालिका–४, नयाँबस्तीमा शनिवार साँझ आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ ।

स्थानीय टेकबहादुर सिङतानको फुसले छाएको एक तले कच्ची घरबाट सुरु भएको आगलागीमा परी छमेकी राज ब्लोनको घर समेत जलेर नष्ट भएको हो । त्यसक्रममा टेकबहादुरको घरभित्र रहेको ग्याँस सिलिण्डर समेत विष्फोट भएको स्थानीय वाषिन्दाले बताएका छन् । आगलागीबाट टेकबहादुरको पाँच हजार र राजुको पचास हजार रुपैंया बराबरको क्षति भएको प्रहरी चौकी जिरायतले जनाएको छ ।

शनिवार साँझ साँढे ५ बजेतिर सुरु भएको आगलागी प्रहरी र स्थानीय मिलेर साँझ सबा ६ बजेतिर नियन्त्रणमा लिएका थिए । आगोले चिसोको मौसममा घर जलेर नष्ट हुँदा मजदुरी गरेर गुजारा टार्ने दुवै परिवार बिचल्लीमा परेको छ ।