परियोजना सल्लाहकार समिति बैठक सम्पन्न

274

बागमती–सर्लाहीको बागमतीमा समग्र रुपमा लैङ्किक उत्तरदायिक तथा जवाफदेही न्यायमा पहुँच सुद्दढिकरण परियोजना सल्लाहकार समिति बैठक समपन्न भएको छ ।

शनिवार बागमती नगरपालिका–१ स्थित सिता प्यालेसमा बैठक सम्पन्न भएको संस्थाले जनाएको हो । समग्र जनउत्थान केन्द्रको आयोजनामा बागमती नगरपालिका–११ र १२ स्तरिय सहज परियोजना कार्यक्रमका सल्लाहकार समितिको बैठक सम्पन्न भएको समग्र जनउत्थान केन्द्रकी कार्यक्रम अधिकृत निरमा चौधरीले बताईन् ।

परियोजना सल्लाहकार समिति संयोजक तथा बागमती नगरपालिकाकी उप–प्रमुख लिला कुमारी मोक्तानको अध्यक्षतामा भएको बैठकमा बिगतका कार्यक्रमको समिक्षा, आवश्यक्तामा आधारित सहयोग सामग्रीको अनुमोदन, सिकाई आदनप्रदानका लागी भ्रमण र लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान मनाउने बिषयमा छलफल भएको थियो ।

कार्यक्रममा बागमती–१ का वडाध्यक्ष गंभिर सिङ पाख्रिन, बागमती–११ का वडाध्यक्ष प्रदिप आचार्य, बागमती–१२ का वडाध्यक्ष ओम बहादुर श्रेष्ठ, ईलाका प्रहरी कार्यलय कर्मैयाका प्रमुख श्यामसुन्दर जयसवार, श्री ५ मेहन्द्र जनता उच्च माध्यामिक विध्यालयका ब्यवस्थापन समिति सदस्य घनश्याम थापा, ईलाका प्रहरी कार्यलय हरिवनकी महिला बालबालिका तथा अपराध अनुसन्धान प्रमुख तारा थापा, साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हरि प्रसाद पुडासैनी लगाएत उक्त वडा भित्र रहेका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको समेत उपस्थिती रहेकोे संस्थाले जनाएको हो ।

कार्यक्रम यूकेएडको आर्थिक सहयोग तथा इन्टरनेश्नल अलर्ट, भिएसओ नेपालको साझेदारी तथा वडा स्तरिय सामुदायिक प्रहरी सोझेदारी कार्यक्रम समिति बागमती नगरपालिका–११ र १२ को सहकार्यमा सम्पन्न भएको हो । कार्यक्रम मार्फत इन्टरनेश्नल अलर्ट संस्थाका बरिष्ठ कार्यक्रम अधिकृत सरोज भुसालले सहज परियोजना कार्यक्रमकोे बारेका प्रष्ट पारेका थिए ।

यसैविच सोही कार्यक्रम मार्फत संस्थाको तर्फबाट बागमती नगरपालिकाको न्यायिक समितिलाई मल्टिकलर डिजिटल बोर्ड एक थान, बागमती नगरपालिका वडा नम्बर–११ लाई एक थान स्मार्ट टिभी र ट्रली माईक (स्पिकर) एक थान तथा बागमती नगरपालिका वडा नम्बर–१२ लाई एक थान स्मार्ट टिभी र ट्रली माईक (स्पिकर) एक थान सामाग्री हस्तान्तरण गर्ने निर्णय समेत भएको आयोजक संस्थाले जनाएको हो ।