काँगे्रसद्धारा लालबन्दीमा क्रियासिल सदस्यता वितरण

सर्लाही–नेपाली काँगे्रसले शनिवार सर्लाहीको लालबन्दी नगरपालिका–९, बस्तीपुरमा आफ्ना क्रियासिल सदस्यलाई क्रियासिल सदस्य प्रमाण पत्र वितरण गरेको छ ।

पार्टीका स्थानीय १ सय ४९ जना कार्यकर्तालाई क्रियासिल सदस्य प्रमाण पत्र वितरण गरिएको लालबन्दी नगरपालिका–९, का वडाध्यक्ष गोपाल घिमिरेले जानकारी दिए । काँगे्रस लालबन्दी–९, का वडा सभापति पुष्पराज तिमल्सिनाको अध्यक्षता एवं जिल्ला उपसभापति सुरेन्द्र सिंहको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पार्टीका प्रदेश सचेतक एवं प्रदेश सभा सांसद उपेन्द्र महतो, अर्का प्रदेश सभा सांसद वीरेन्द्र सिंह, संविधान सभाका सदस्य एवं पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, पार्टीका जिल्ला कोषाध्यक्ष बाबुकाजी प्रधान, क्षेत्रीय सभापति प्रमोद बराल, प्रदेश सांसदका प्रत्यायी सेख सहदुल्ला, नगर प्रमुखका प्रत्यासी कुवेर आचार्य, नगर सभापति प्रशान्त अचार्य लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी र अन्य पार्टी परित्याग गरी केही नेता कार्यकर्ता काँगे्रसमा प्रवेश गरेका कार्यक्रम सञ्चालक एवं नेपाल विद्यार्थी संघका नेता मनोज बखे्रलले बताए ।