बली प्रथाविरुद्ध हरिवनमा ¥याली

सर्लाही–बली प्रथाको विरुद्धमा वुधवार सर्लाहीको हरिवनमा सचेतनामूलक कार्यक्रम गरिएको छ ।

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल सर्लाहीले पूर्व–पश्चिम राजमार्गस्थित हरिवन बजारमा ¥याली निकालेको हो । अहिले देशका विभिन्न स्थानमा लागिरहेको मेला महोत्सवमा अत्यधिक पशु बली दिने क्रम चलिरहेकाले त्यसको विरुद्धमा ¥याली निकालिएको आयोजकका जिल्ला अध्यक्ष रामलाल महतोले जानकारी दिए । बजारको परिक्रमापछि हरिवनबाट पूर्व आउने बसपार्कमा आयोजित कोण सभालाई श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालका केन्द्रीय अध्यक्ष मातृका प्याकुरेल, महासचिव सुमन पुडासैनी, उपाध्यक्ष कौशल फूँयाल, नेकपाका नेता चुडामणि वाग्लेलगायतले सम्वोधन गरे ।

बारामा लागिरहेको गढिमाई मेलामा हुने बली प्रथाविरुद्ध सो संस्थाले त्यहीँ पुगेर मंसिर १३ गतेदेखि १८ गतेसम्म यस्तै किसिमको सचेतना कार्यक्रम गर्ने भएको छ । यसअघि दशैंमा पनि जिल्लाको लालबन्दी, नवलपुर र हरिवनमा बली प्रथाविरुद्ध सचेतामूलक कार्यक्रम गरिएको थियो ।