नारायणखोलामा विद्युत् र सोलार दुवै ठप्प

182
फोटो क्याप्सन : सर्लाहीको नारायणखोलामा ढलेको बिजुलीको पोल । लामो समय देखी बिद्युत लाईन मर्मत नहुदा स्थानीय विजुली बत्तिबाट बन्चित मात्र भएका छैन्न, स्थानीको दैनिकी निकैै कष्टकर बनेको छ । (तस्बिर : उज्यालो अभियान)

सर्लाही –मौसम धुम्मिएर सोलारले काम नगर्दा सर्लाहीको दुर्गम क्षेत्रमा पर्ने नारायणखोलाका स्थानीय वाषिन्दा समस्यामा परेका छन् ।

त्यहाँ बिजुली बत्ती पुगेपनि विगत चार महिनादेखि ठप्प रहेकाले स्थानीय वाषिन्दा सोलार बत्तीको भरमा छन् । तर केही दिनदेखि मौसम धुम्मिएर घाम नलाग्दा सोलार ब्याट्री चार्ज हुन पाएको छैन् । बिजुली र सोलार दुवै ठप्प हुँदा टुकी बत्तीको प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीय युवा राजन मगरले जानकारी दिए । नारायणखोलामा बिजुली पुग्ना साथ गत साउनको भीषण वर्षापछि विभिन्न ठाउँमा बिजुलीको पोल ढल्दा विद्युत् ठप्प छ । नारायणखोला पुग्ने लखन्देही खोलाको बाटो अवरुद्ध हुँदा बिद्युत् सूचारु गर्न समस्या रहेको बताएको नेपाल विद्युत् प्राधिकरणले दशैंबाटै सडक सूचारु भएपनि विद्युत् सूचारु गर्न चासो नदिएको स्थानीय वाषिन्दाले गुनासो गरेका छन् ।

पत्थरकोटस्थित छेडा गाउँसम्म विद्युत् सूचारु नै रहेपनि त्यहाँदेखि माथिल्लो भाग नारायणखोला क्षेत्रमा महिनौंदेखि विद्युत् ठप्प भएको हो । विद्युत् र सोलार दुवै ठप्प हुँदा मोवाइल चार्ज गर्न नपाएको नारायणखोलास्थित हात्तीसुँढेका पे्रमबहादुर पाख्रिनले बताए । नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रले नारायणखोलामा अवरुद्ध विद्युत् मर्मत सम्भार गरी सूचारु गर्न त्यहाँसम्म विद्युत् विस्तार गर्ने ठेकेदारसँग समन्वय भइरहेको जनाएको छ ।मौसम धुम्मिएर सोलारले काम नगर्दा सर्लाहीको दुर्गम क्षेत्रमा पर्ने नारायणखोलाका स्थानीय वाषिन्दा समस्यामा परेका छन् । त्यहाँ बिजुली बत्ती पुगेपनि विगत चार महिनादेखि ठप्प रहेकाले स्थानीय वाषिन्दा सोलार बत्तीको भरमा छन् । तर केही दिनदेखि मौसम धुम्मिएर घाम नलाग्दा सोलार ब्याट्री चार्ज हुन पाएको छैन् । बिजुली र सोलार दुवै ठप्प हुँदा टुकी बत्तीको प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीय युवा राजन मगरले जानकारी दिए ।

नारायणखोलामा बिजुली पुग्ना साथ गत साउनको भीषण वर्षापछि विभिन्न ठाउँमा बिजुलीको पोल ढल्दा विद्युत् ठप्प छ । नारायणखोला पुग्ने लखन्देही खोलाको बाटो अवरुद्ध हुँदा बिद्युत् सूचारु गर्न समस्या रहेको बताएको नेपाल विद्युत् प्राधिकरणले दशैंबाटै सडक सूचारु भएपनि विद्युत् सूचारु गर्न चासो नदिएको स्थानीय वाषिन्दाले गुनासो गरेका छन् । पत्थरकोटस्थित छेडा गाउँसम्म विद्युत् सूचारु नै रहेपनि त्यहाँदेखि माथिल्लो भाग नारायणखोला क्षेत्रमा महिनौंदेखि विद्युत् ठप्प भएको हो । विद्युत् र सोलार दुवै ठप्प हुँदा मोवाइल चार्ज गर्न नपाएको नारायणखोलास्थित हात्तीसुँढेका पे्रमबहादुर पाख्रिनले बताए । नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रले नारायणखोलामा अवरुद्ध विद्युत् मर्मत सम्भार गरी सूचारु गर्न त्यहाँसम्म विद्युत् विस्तार गर्ने ठेकेदारसँग समन्वय भइरहेको जनाएको छ ।